रुपन्देहीमा एक हजार चोरेको आरोपमा पत्नीको हत्या
साउन, १३ काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा एक हजार रुपैयाँ चोरेको आरोपमा पत्नीको हत्या गरेका छन्। कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मंगलबार राति हत्या गरेका हुन्।
उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एक हजार रुपैयाँका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ।