भारत : भ्यान भित्र करेन्ट लाग्दा १० को मृत्यु
भारतको पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एउटा ठूलो दुर्घटना भएको छ । एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएक छन् । घटनालगत्तै यात्रलाई अस्पताल पुर्याइयो ।
भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइपुडी अस्पताल रिफर गरिएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण भएको हो जुन पिकअप भ्यानको पछिल्लो हिस्सामा राखिएको थियो । प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिइएको छ तर चालक भने फरार छन् । एजेन्सी